Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा तत्काल भारी वर्षाको सम्भावना छैन : मौसमविद्

नेपालमा तत्काल भारी वर्षाको सम्भावना छैन : मौसमविद्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १०:४३:५९ बजे
  • 358
    SHARES
  • नेपालमा तत्काल भारी वर्षाको सम्भावना  छैन : मौसमविद्

    नेपालमा तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कम्तिमा आज, भोलि र पर्सि (तीन दिन) ठूलो पानी नपर्ने महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

    images

    ‘तत्काल भारी वर्षाको सम्भावना छैन, केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ,’ उनले भने । केही दिनयता पहाडी क्षेत्रमा वर्षा भए पनि त्यसको तुलनामा तराईमा कम पानी परिरहेको छ ।

    यस्तो अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान छ । पानी पार्ने मनसुनी रेखा मध्य भारतमा अवस्थित भएकाले केही दिनयता कम पानी परिरहेको छ ।

    मौसमविद श्रेष्ठले मनसुनी रेखा तत्काल नेपालतर्फ सर्ने सम्भावना नदेखिएकाले कम पानी परिरहेको बताए । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनी रेखा भारतमा हुनु भनेको नेपालमा मनसुनी वर्षा रोकिनु हो ।

    स्थानीय प्रणालीका कारण केही क्षेत्रमा वर्षा हुने भए पनि तराई मधेशका अधिकांश स्थानमा सुख्खा हुन्छ । अहिले मनसुनी रेखा नेपालबाट सुदूर दक्षिणमा रहेकाले तराई क्षेत्रमा पानी पर्न रोकिएको छ ।

    त्यसो त यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश स्थानसरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण मौसमविदहरुले गरेका थिए । अहिलेसम्म पूर्वानुमान अनुसार नै वर्षा भइरहेको मौसमविद् श्रेष्ठले बताए ।

  • सम्बन्धित विषय:

  • # मौसमविद्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology