Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अवैध सुन प्रकरण : भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

अवैध सुन प्रकरण : भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १९:२५:५९ बजे
  • 304
    SHARES
  • अवैध सुन प्रकरण : भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

    अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।

    पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बा छन् ।

    राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो । असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो ।

    लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # अवैध सुन प्रकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology