Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १९:२७:१७ बजे
  • 640
    SHARES
  • मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

    अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा परी ३३ जना घाइते भएकाे प्रहरीले जनाएको छ । आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका–४ को कालिकास्थाननजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको हाे । प्रहरीका अनुसार मृत्यु हुने विक पञ्चदेवल विनायक नगरपालिका–६ का स्थायी बासिन्दा हुन् ।

    घाइतेहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

    ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology