Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८० सोमवार • १२:२०:३२ बजे
  • 778
    SHARES
  • खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

    बाजुराको बिडिमालका गाउपालिका- ९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएको छ ।

    images

    मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने अनाया खोलाले आइतबार राति ट्याक्टर बगाउँदा ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका हुन् ।

    कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    चालकको खोजीका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुरा डीएसपी कबिन्द्रसिंह बोहराले बताए।

  • सम्बन्धित विषय:

  • # बगाउँदा चालक बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology