Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशका विभिन्न स्थानमा ६ जना मृत फेला

देशका विभिन्न स्थानमा ६ जना मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८० सोमवार • १३:३५:१७ बजे
  • 370
    SHARES
  • देशका विभिन्न स्थानमा ६ जना मृत फेला

    राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् ।

    images

    काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका-६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

    त्यस्तै धादिङको नीलकण्ठ नगरपालिका-५ पतेनी बस्ने ७५ वर्षीय राम बहादुर परियार सोही ठाउँस्थित खाल्टे-धादिङबेशी सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    उता कञ्चनपुरको भिमदत्त नगरपालिका-११ बाँसखेडास्थित नहर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसै गरी कञ्चनपुरकै भिमदत्त नगरपालिका-१० जिरो पोईन्टस्थित गताडी खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    झापाको बाह्रदशी गाउँपालिका-१ नयाँ बस्तीस्थित अदुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

    यता धनुषाको मिथिला नगरपालिका-७ कृषि बजारस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ६ जना मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology