Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नारायणगढ-मुग्लिन सडक सञ्चालन

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १०:२२:३१ बजे
  • 526
    SHARES
  • नारायणगढ-मुग्लिन सडक सञ्चालन

    चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

    images

    इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो । धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज रूपमा गन्त्वयतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ । लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ । यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक–पटक पहिरो गएर अवरुद्ध भएको थियो ।

    पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने समस्यालाई ख्याल गर्दै सकेसम्म यो सडकखण्डको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मुग्लिन सडक सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology