Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बहिनीले आगो लगाउँदा दाजुको घर गोठ जलेर नष्ट

बहिनीले आगो लगाउँदा दाजुको घर गोठ जलेर नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८० बुधवार • ०९:५६:४८ बजे
  • 391
    SHARES
  • बहिनीले आगो लगाउँदा दाजुको घर गोठ जलेर नष्ट

    गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन् । गएराति मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

    images

    मानसिक अवस्था ठिक नभएकी विक विगत पाँच वर्षदेखि दाजुको घरमा बस्दै आएकी थिइन् ।

    आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology