Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डीएसपी ठगबहादुर बर्खास्त

डीएसपी ठगबहादुर बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८० बुधवार • ०९:५९:४३ बजे
  • 556
    SHARES
  • डीएसपी ठगबहादुर बर्खास्त

    नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी बर्खास्त भएका छन् । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले बर्खास्त गरेको हो ।

    images

    डिएसपी केसीलाई बर्खास्त गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए ।

    बुटवल स्थित टेलीकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।

    सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।

    सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डिएसपी केसीले बदनियत राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ– ‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’

    समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी हेड्क्वार्टरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # ठगबहादुर बर्खास्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology