Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको ४८ लाखसहित एकजना पक्राउ

स्रोत नखुलेको ४८ लाखसहित एकजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८० बुधवार • १०:०२:०५ बजे
  • 658
    SHARES
  • स्रोत नखुलेको ४८ लाखसहित एकजना पक्राउ

    रुपन्देहीको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो। स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

    पक्राउ परेका गुप्तालाई रकमसहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # एकजना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology