Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ससुरालीमै आएर श्रीमतीको हत्या

ससुरालीमै आएर श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८० बुधवार • १४:५८:५४ बजे
  • 700
    SHARES
  • ससुरालीमै आएर श्रीमतीको हत्या

    बाराको सिम्रौनगढमा ससुराली आएका एक भारतीय युवकले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

    images

    सिम्रौनगढ नगरपालिका–६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन् । उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारबाट घाँटी रेटी अन्सारीले हत्या गरेका थिए । घरका सदस्यले होहल्ला गरेपछि छिमेकीहरू आई ढोका खोलेर हेर्दा युवक हत्या गरी त्यही बसेका थिए ।

    छिमेकीहरूले युवकलाई समाती प्रहरीलाई बुझाएका छन् । भारत बिहार ढाका थाना अन्तर्गत रुपौलिया गाउँ निवासी उनको सात वर्ष पहिले आश्मिना खातुनसँग बिहे भएको थियो ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology