Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तस्कर गिरोहको बालुवाटार गोदाममा छापा, सुन गाल्ने मेसिन भेटियो

तस्कर गिरोहको बालुवाटार गोदाममा छापा, सुन गाल्ने मेसिन भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८० बिहिवार • १०:३५:१६ बजे
  • 403
    SHARES
  • तस्कर गिरोहको बालुवाटार गोदाममा छापा, सुन गाल्ने मेसिन भेटियो

    राजस्व अनुसन्धान विभागले सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको छ ।

    images

    सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा विभागले बुधबार साँझ छापा मारेको हो ।

    त्यसक्रममा उक्त गोदाममा सुन गाल्ने मेसिन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । तस्करीमा संलग्न व्यक्तिको गोदामबाटै सुन गाल्ने मेसिन भेटिएपछि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । विभागले बुधबारै रेडी ट्रेडको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो ।

    त्यहाँ ‘ब्रेक सु’ लेखिएको ६६ वटा काटुन फेला परेको थियो । यसअघि गत ३ साउनमा विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन बरामद गरेर विभागले अनुसन्धान गरिरहेको छ ।

    हालसम्म यस प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको विभिागले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology