Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे

बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८० शुक्रवार • १०:४९:३९ बजे
  • 313
    SHARES
  • बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे

    सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    images

    राजस्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको स्रोतले जानकारी दियो । विभागले ६६ कार्टुनबाट ११ सय ६२ थान ब्रेक शु बरामद गरेको हाे ।

    जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्रोतले जनायो । साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो ।

    त्यसभित्र करिब एक क्विन्टल सुन रहेको पाइएको थियो । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।

    साथै यसै प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर भन्सार विभागले अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology