Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन

जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८० शनिवार • १६:५०:२९ बजे
  • 1.5K
    SHARES
  • जातीय विभेदविरुद्ध अनेरास्ववियुद्वारा बालुवाटारमा प्रदर्शन

    जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

    images

    बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटना लगाएतका बिभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पिडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौँ, जातीय विभेद बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङ किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै तत्काल बिभेद गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।

    उनले पटक पटक जातीय विभेद बढ्दै जादा पनि सरकार गम्भीर हुन नसकेको बताए । उनले बिभेदका घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी दिए ।

  • सम्बन्धित विषय:

  • # बालुवाटारमा प्रदर्शन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology