Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४३ जिल्लाका नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

४३ जिल्लाका नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०८० आइतवार • १२:१४:२८ बजे
  • 589
    SHARES
  • ४३ जिल्लाका नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

    आज (आइतबार) देशका ४३ वटा जिल्लाका खोलारनदीमा बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    शुक्रबारदेखि परेको अविरल वर्षाका कारण अधिकांश साना ठुला नदीमा बाढी आउने सम्भावना रहेका करण प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरदर स्थान आसपास आयो मनसुनको रेखा, मंगलबारसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ। यसैगरी आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ।

    तसर्थ सो क्षेत्र भई बहने साना नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।

  • सम्बन्धित विषय:

  • # सतर्क रहन आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology