Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन तस्करी प्रकरण : ठमेलको एक होटलमा छापा, एक जना पक्राउ

सुन तस्करी प्रकरण : ठमेलको एक होटलमा छापा, एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०८० आइतवार • १२:१६:२६ बजे
  • 841
    SHARES
  • सुन तस्करी प्रकरण : ठमेलको एक होटलमा छापा, एक जना पक्राउ

    राजश्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणसँग संलग्न देखिएपछि ठमेलस्थित एक होटलमा छापा मारेको छ ।

    images

    विभागको टोलीले आइतबार बिहानैदेखि छापा मारेर अवैध रुपमा सुन आयात सम्बन्धि केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ ।

    विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ । हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।

    राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।

    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर अवैध भित्रिएको सुन विमानस्थल भन्सारबाट जाँचपास समेत भएसकेको अवस्थामा विभागको टोलील नियन्त्रणमा लिएको थियो ।

    विभागले सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology