Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कैलालीमा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

कैलालीमा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०८० सोमवार • १४:०३:४४ बजे
  • 748
    SHARES
  • कैलालीमा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

    कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ ।

    images

    मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए ।

    गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताए ।

    मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते छन् । उनको उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरी जवानको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology