Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान परराष्ट्र मन्त्रालयको आग्रह

युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान परराष्ट्र मन्त्रालयको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८० मंगलवार • १८:३१:५३ बजे
  • 562
    SHARES
  • युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान परराष्ट्र मन्त्रालयको आग्रह

    परराष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ ।

    images

    आज मंगलबार विज्ञप्ति निकालेर मन्त्रालयले यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहन पनि भनेको छ ।

    नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयले यस्तो आग्रह गरेको छ ।

    विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology