Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५० पुग्यो, साढे ९ अर्ब बढीको क्षति

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५० पुग्यो, साढे ९ अर्ब बढीको क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • ०९:५६:३२ बजे
  • 490
    SHARES
  • बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५० पुग्यो, साढे ९ अर्ब बढीको क्षति

    असार २ यता मनसुनजन्य विपदबाट ५० जनाको ज्यान गएको छ भने २५ बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा चट्याङबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको हो ।

    images

    जसमा पहिरोमा परेर २४, चट्याङले १९ र बाढीले बगाएर सात जनाको ज्यान गएको छ भने चट्याङका कारण ४२, पहिरोबाट २३ र बाढीबाट पाँच जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

    सबैभन्दा बढी बाढीबाट २० जना बेपत्ता भएका छन् । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार मनसुनजन्य विपद्का कारण साढे ९ अर्बभन्दा बढीको क्षति अनुमान गरिएको छ ।

    उनका अनुसार बाढीपहिरोका कारण सडकमा ४० करोड बढीको क्षति र बाढीका कारण ४७० मेगावाटका ६१ जलविद्युत् आयोजनामा ९ अर्बको क्षति अनुमान गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology