Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • १०:३७:५० बजे
  • 673
    SHARES
  • भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

    तनहुँको व्यास नगरपालिकामा एक व्यक्तिले भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन् ।

    images

    व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology