Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डोटीका दुई वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

डोटीका दुई वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • १२:२३:०५ बजे
  • 451
    SHARES
  • डोटीका दुई वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

    जुवा तास खेलिरहेको अवस्थामा डोटीका दुई वडा अध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    मंगलबार धनगढी उपमहानगरपालिका- ४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउदलाई जुवाको खालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी- ६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

    यस्तै गोदावरी नगरपालिका- ३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी(२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल(सिलगढी नगरपालिका- ६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

    उनीहरुको साथबाट एक लाख ४ हजार ८१० रूपैयाँ नगदसमेत बरामद गरेको प्रहरलिे जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # १० जना जुवाडे पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology