Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुसी भ्याक्सिन नेपालमा ल्याउने सम्झौता

कोरोनाविरुद्धको २ लाख ५० हजार डोज रुसी भ्याक्सिन नेपालमा ल्याउने सम्झौता

कोरोनाविरुद्धको २ लाख ५० हजार डोज रुसी भ्याक्सिन नेपालमा ल्याउने सम्झौता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७७ बुधवार • ०८:३८:२४ बजे
  • 1.4K
    SHARES
  • कोरोनाविरुद्धको २ लाख ५० हजार डोज रुसी भ्याक्सिन नेपालमा ल्याउने सम्झौता

    एजेन्सी । नेपालमा रुसमा बनाइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार रुसी भ्याक्सिन स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज ल्याइनेछ ।

    द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ)ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता भएको जनाएको छ । विज्ञप्तिमा नेपालका ९० प्रतिशत मानिसलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने उल्लेख गरिएको छ ।

    images

    रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भने मान्यता दिएको छैन । तर पनि विभिन्न ५० देशले भ्याक्सिन किन्नका लागि निवेदन दिएका छन् । अहिलेसम्म भारतले १० करोड, ब्राजिलले ५ करोड, मेक्सिकोले ३ करोड २० लाख र उज्वेकिस्तानले ३ करोड ५० लाख डोज खरिद गर्ने सम्झौता गरिसकेका छन् ।

    भारतीय कम्पनी ट्रिनिटीका निर्देशक किशोर अधिकारीले नेपाल सरकारले अनुमति दिएसँगै भ्याक्सिनलाई नेपाली बजारमा पठाउने बताउँछन् । उनले अन्तिम चरणको परीक्षणको नतिजा कुरिरहेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology