Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रिहा भए लालबहादुर विश्वकर्मा

रिहा भए लालबहादुर विश्वकर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • १७:२५:३३ बजे
  • 586
    SHARES
  • रिहा भए लालबहादुर विश्वकर्मा

    बैंकिङ कसुर र ठगी मुद्दामा जेल परेका इटहरी उपमहानगरपालिका– १९ ब्रह्मपुरका लालबहादुर विश्वकर्मा बुधबार रिहा भएका छन् । जिल्ला अदालत सुनसरीको फैसलापछि करिब नौ महिना झुम्का कारागारमा रहेका श्रमिक विक बुधबार दिउँसो कारागारबाट मुक्त भएका हुन् ।

    images

    उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी थुनामुक्त भएका हुन् ।

    जिल्ला अदालत सुनसरीको गत १९ पुस ०७८ को आदेश उल्ट्याएर मंगलबार नै उच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । लालबहादुर रिहाई भएको हेर्न तरहरा आसपासका उनका आफन्त र छिमेकी, इटहरी र झुम्काका सर्वसाधारण्को बाक्लो भीड कारागार परिसरमा थियो ।

    त्यहाँ जम्मा भएकाहरुले लालबहादुर निर्दोष हुन् भन्दै विगतमा दबाबमूलक कार्यक्रम पनि गर्दै आएका थिए । छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए ।

    नौ महिनाअघि जिल्ला अदालतले लालबहादुरलाई बैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेलसजाय सुनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # लालबहादुर विश्वकर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology