Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अधिवक्ता भगवती पाण्डे पक्राउ

अधिवक्ता भगवती पाण्डे पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८० बुधवार • १७:२७:१९ बजे
  • 541
    SHARES
  • अधिवक्ता भगवती पाण्डे पक्राउ

    विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेका छन् ।

    images

    टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

    उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै आइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # भगवती पाण्डे पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology