Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छोरीलाई विष खुवाएर हत्या गर्ने महिलालाई ३ वर्ष कैद

छोरीलाई विष खुवाएर हत्या गर्ने महिलालाई ३ वर्ष कैद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०८० बिहिवार • १०:२५:२७ बजे
  • 1.1K
    SHARES
  • छोरीलाई विष खुवाएर हत्या गर्ने महिलालाई ३ वर्ष कैद

    जिल्ला अदालत तनहुँले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक महिलालाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

    images

    अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले यो फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।

    सुष्माले २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बस्ने क्रममा छोरीलाई खुवाएर आफूले पनि विष सेवन गरेकी थिइन्। तर होटल सञ्चालकले भेटेर दुवैलाई तत्काल उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।

    उपचारका क्रममा छोरी कुसुमको सोही दिन मृत्यु भएको थियो। सुष्मा भने उपचारपश्चात् निको भइन्। घटनापछि पति मनोज विकले २०७७ माघ २५ गते सुष्माविरुद्ध जाहेरी दिएका थिए। घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा थिए।

    सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो। सुष्मा भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन्।

  • सम्बन्धित विषय:

  • # महिलालाई ३ वर्ष कैद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology