Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रेष्टुरेन्टमा बोलाएर सइले कुटे सहायक हवल्दार

रेष्टुरेन्टमा बोलाएर सइले कुटे सहायक हवल्दार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८० शुक्रवार • १०:०२:४४ बजे
  • 574
    SHARES
  • रेष्टुरेन्टमा बोलाएर सइले कुटे सहायक हवल्दार

    नेपाल प्रहरीका सहायक हवल्दार तथा राष्ट्रिय फुटबल खेलाडी भरत शाहमाथि कुटपिट भएको छ । गत साउन १० गते भत्केको पुलस्थित एक रेष्टुरेन्टमा बोलाएर उनीमाथि कुटपिट भएको हो ।

    images

    शाहलाई नायब निरीक्षक (सइ) रितेश थापाले कुटपिट गरेका हुन् । थापाको कुटपिटबाट गम्भीर घाइते भएका शाहको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । मरणासन्न हुनेगरी कुटपिट भएपछि शाहका परीवारले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका थिए । तर, जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

    प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले कुटपिटको उक्त घटनामा रितेशलाई निलम्बन गरि छानविन भइरहेकाले जाहेरी दर्ता गर्ने विषयमा निर्णय भइनसकेको बताए । ‘दुबै जना प्रहरी कर्मचारी हुन् । आन्तरिक छानबिन चलिरहेकाले जाहेरी दर्ताको विषयमा निर्णय भइसकेको छैन्,’ उनले भने ।

    त्यस्तै उक्त घटनाको अनुसन्धान गर्न एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । उक्त समितिले घटनाको अध्ययन गरिरहेको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # सहायक हवल्दार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology