Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीसँग टेबल टेनिसमा भिडेपछि अभिनेत्री रीमाले के भनिन् ?

ओलीसँग टेबल टेनिसमा भिडेपछि अभिनेत्री रीमाले के भनिन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८० शुक्रवार • १९:२५:४९ बजे
  • 1.4K
    SHARES
  • ओलीसँग टेबल टेनिसमा भिडेपछि अभिनेत्री रीमाले के भनिन् ?

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेबल टेनिश खेलेपछि अभिनेत्री तथा मोडल रीमा विश्वकर्माले भनिन्, ‘यी पाका नेताको अनुभव पनि आत्मसात गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

    images

    कार्यक्रम प्रस्तोता समेत रहेकी रीमाले एमाले अध्यक्ष ओलीलाई भेट्न बुधबार वालकोट पुगेकी थिइन् । रीमाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेअनुसार उनले अध्यक्ष ओलीसँग गफगाफ मात्र गरिनन्, उनी टेबल टेनिस पनि खेल्न भ्याइन् । रीमाले पूर्वप्रधानमन्त्रीसँग टेबल टेनिस खेलेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पनि शेयर गरेकी छन् ।

    ओली निवास बालकोट पुगेर भेटघाटपछि रीमाले केही तस्बिरहरु शेयर गर्दै फेसबुकमा लेखेकी छन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ, नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति केपी बाचैं वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यि पाका नेताको अनुभव पनि आत्मसात गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’ त्यसो त अध्यक्ष ओली कलाकारलाई माया र सम्मान गर्छन् ।

    त्यसैले बेला बेला उनलाई भेट्न कलाकारहरु वालकोट पुगिरहेका हुन्छन् । केही साताअघि मात्र अभिनेत्री श्वेता खड्का पनि सपरिवार ओलीलाई भेट्न वालकोट पुगेकी थिइन् । त्यतिखेर श्वेता कांग्रेस छोडेर एमाले प्रवेश गरेको चर्चा समेत चलेको थियो । साथै, अध्यक्ष ओलीले शुक्रबर विश्वकर्मासँग भेटघाट गरेको फोटो शेयर गर्दै दिनको सुरुवात भएको लेखेका छन् ।

    ‘कलाकार रिमा बिश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी, तपाईंहरू पनि चियाको आनन्द लिनुस् है, गुड फ्राइडे’ अध्यक्ष ओलीले लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # ओलीसँग टेबल टेनिस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology