Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लम्पी स्किन रोगबाट खोटाङमा ७३६ गाईगोरु मरे

लम्पी स्किन रोगबाट खोटाङमा ७३६ गाईगोरु मरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०८० शनिवार • १०:०६:०० बजे
  • 682
    SHARES
  • लम्पी स्किन रोगबाट खोटाङमा ७३६ गाईगोरु मरे

    देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा ७३६ वटा गाईगोरु मरिसकेका छन्। कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा ४३१ वटा गाईगोरुमा प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ।

    images

    १० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिए। पछिल्लो एक हप्ताको अवधिमा १४ भैँसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटा मरेको जनाइएको छ । मुख्यगरी खेतबारी जोत्न र प्राङ्गारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका गाईरगोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लावासीको भनाइ छ ।

    महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ । लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको थियो। देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्ने उद्देश्यले अतिप्रभावित क्षेत्रमा तत्काल खोप तथा औषधि उपलब्ध गराउन भन्दै मन्त्रालयले ७५३ वटै स्थानीय तहको खातामा रकम उपलब्ध गराएको हो ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा साकेला र रावाबेँसी गाउँपालिकाले मात्रै मन्त्रालयले उपलब्ध गराएको उक्त निकाल्न सफल भएको पाइएको छ। असार २५ गतेदेखि देशभर एकैसाथ आर्थिक कारोबारसम्बन्धी सर्भर बन्द भएका कारण जिल्लाका अन्य स्थानीय तहले उक्त रकम निकासा गर्न नपाएको जनाइएको छ।

    लम्पी स्किन रोगको महामारीले गाईरगोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानले बताएका छन्। खेत तथा बारी जोत्ने प्रविधि ९हाते ट्र्याक्टर० कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले आफैँले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology