Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ नक्साले पायो वैधानिक मान्यता

नयाँ नक्साले पायो वैधानिक मान्यता

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

आषाढ ४, २०७७ बिहिवार • २०:३१:११ बजे
  • 1.4K
    SHARES
  • नयाँ नक्साले पायो वैधानिक मान्यता

    मयूरपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा र सोहीअनुसारको निशान छापसहितको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् ।

    images

    प्रतिनिधिसभाले उक्त विधेयक गत ३१ जेठमा सर्वसम्मतिले पारित गरेको थियो । विधेयकलाई राष्ट्रियसभाले बिहीबारै सर्वसम्मतिले पारित गरेको थियो । विधेयक प्रमाणीकरण भएसँगै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको राजनीतिक नक्साले वैधता पाएको छ ।

    राष्ट्रिय सभाबाट पारित भई फेरि प्रतिनिधि सभामै गएको विधेयक प्रमाणीकरणका लागि सभामुख अग्नि सापकोटाले बिहीबार नै राष्ट्रपतिसमक्ष पेश गरेका थिए ।

    Source : kathmandutoday

    पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology