Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सर्लाहीको कृष्णदेवी माविमा एक युवकको शव भेटियो

सर्लाहीको कृष्णदेवी माविमा एक युवकको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८० आइतवार • ०९:५९:०१ बजे
  • 454
    SHARES
  • सर्लाहीको कृष्णदेवी माविमा एक युवकको शव भेटियो

    सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।

    शनिवार बिद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानियले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।

    उनका अनुसार मृतकको शवमा कुनै प्रकारको घाउचोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भईरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एक युवकको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology