Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०८० सोमवार • १०:१२:२४ बजे
  • 433
    SHARES
  • गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज (सोमबार) बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना घाइते भएका हुन् ।

    images

    घाइते हुनेमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्ष विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की रहेको प्रहरीले जनाएको छ ।

    घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको छ ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology