Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोले देशभरका १ दर्जन सडक अवरुद्ध

पहिरोले देशभरका १ दर्जन सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८० मंगलवार • ०९:५३:५० बजे
  • 310
    SHARES
  • पहिरोले देशभरका १ दर्जन सडक अवरुद्ध

    गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डसहित १ दर्जन सडक अवरुद्ध भएको हो ।

    images

    नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको छ । कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध छ ।

    स्थानीय निकाय र सुरक्षाकर्मीले हेटौँडा–कुलेखानी सडक एकतर्फ खुलाएका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दी स्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठान स्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छ ।

    पाल्पाको सिद्धार्थ राजमार्ग र दाङ स्थित लमही–घोराही सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश स्थित मुगु–नाग्मा सडक अवरुद्ध भएको छ । मुगु नाग्मा चल्ने सडकमा साना गाडी चल्ने तर, ठुला सवारी पास हुने अवस्था छैन । कैलालीको भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # १ दर्जन सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology