Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते

रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८० मंगलवार • १४:३६:४० बजे
  • 874
    SHARES
  • रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते

    रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् ।

    images

    रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका- ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका रोल्पाका डीएसपी श्याम सारुमगरले जानकारी दिए ।

    उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । अन्य घाइतेको उद्धार कार्य भइरहेको छ ।

    बसमा करिब १० जना सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको डीएसपी सारु मगरले बताए ।

  • सम्बन्धित विषय:

  • # रोल्पामा बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology