Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नदी निकास खोज्दै सहर पसे

नदी निकास खोज्दै सहर पसे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०८० बुधवार • १०:१९:१४ बजे
  • 745
    SHARES
  • नदी निकास खोज्दै सहर पसे

    मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो। बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतहले खतराको स्तर पार ग¥यो। करिडोरका सडक, बस्ती, सर्वसाधारणका घर डुबानमा परे।

    images

    देशकै राजधानी बर्सेनि बाढी र डुबानको समस्या बेहोर्न बाध्य छ। किन त रु विज्ञको जवाफ छ, ‘नदी, खोला अतिक्रमणमा परे। साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे।’ जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पछिल्लो २४ घण्टामा राजधानीमा परेको पानी ‘धेरै’ होइन।

    विभागका अनुसार मंगलबार बिहान ८ बजेसम्म ६४ दशमलव ३ मिलिमिटर ९मिमि० मात्रै वर्षा भएको हो। तर, बाढी तथा डुबानको पछाडि जलाधार क्षेत्र दोहन तथा अतिक्रमण नै मुख्य कारण बनेको विज्ञहरूको तर्क छ। उक्त मात्राको पानी विगतमा पनि पर्ने गरेको भए पनि यसपालि अति नै भएको हो।

    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार विभागले ६४।३ मिमि भनेको भएता पनि औसतमा ८० मिमि पानी परेको छ। जसकारण प्रायः नदीमा पानीको ‘ओभरफ्लो’ भएको छ। उनले भने ‘पानी पर्ने अवधि र बाढी निकास हुने अवधिबराबर जस्तै भयो। त्यसैले गर्दा एकचोटी ठूलो बाढी देखियो।’ मंगलबारको बाढीलाई मरहठ्ठाले ‘सामान्य’ भनेका छन्। नदीहरू अतिक्रमणमा परेका छन्।

    खोलाहरू साबिकको भन्दा आधामा खुम्चिएका छन्। भूउपयोग फेरिएको छ। खुला जमिन ढलान भएका छन्, पानी सोस्ने ठाउँ छैन। ढलानबाट पानी बगेरै जान्छ।

    काठमाडौं उपत्यकाको हकमा बाघद्वार उद्गम बिन्दु भएको बागमतीको पानी चोभारसम्म पुग्ने अवधिलाई ‘टाइम अफ कन्सन्टे«सन’ भनिन्छ। यो अवधिभर वर्षा भएमा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ। सबैतिरको पानी एकैपल्ट नदीमा पुग्दा जलस्तर बढ्छ। त्यस्तो अवस्थामा पानी नदीबाट ओभरफ्लो भएर बस्ती र अन्यत्र जान्छ।

    मंगलबार पानी पर्ने अवधि ‘टाइम अफ कन्सन्टे«सन’भन्दा लामो रहेको मरहठ्ठाको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology