Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माछा मार्न गएका दोलखाका युवक पहिरोमा पुरिए

माछा मार्न गएका दोलखाका युवक पहिरोमा पुरिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०८० बुधवार • १०:५६:३९ बजे
  • 631
    SHARES
  • माछा मार्न गएका दोलखाका युवक पहिरोमा पुरिए

    तामाकोशी किनारमा माछा मार्न गएका दोलखाका एक युवक पहिरोमा पुरिएका छन् ।

    images

    साँझ ६ बजेतिर माछा मार्न गएका बिगु-२ का १४ वर्षीय तिरिस तामाङ पहिरोमा पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेस कुमार यादवका अनुसार पहिरोमा पुरिएका तामाङको खुट्टा देखिएको छ र पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको छ ।

    तिरिस तामाङ अरु तीन जना साथीसँग माछा मार्न भनेर साँझ ६ बजेतिर तामाकोशी किनारमा गएका थिए । बिगु-२ को टुकु भन्ने स्थानमा एक सय मिटर माथिबाट पहिरो खसेपछि उनी पुरिए ।

    उनका साथीहरु भने भागेर ज्यान जोगाउन सफल भएका सूचना अधिकारी यादवले जानकारी दिए । ‘त्यसको जानकारी प्रहरीलाई राति ९ बजे प्राप्त भयो । रातिको बेला भएकाले हिजो तामाङ फेला परेनन् ।

    आज बिहान भने पहिरोमा पुरिएको अवस्थामा उनको खुट्टा देखिएको छ,’ उनले भने । उनलाई बाहिर निकाल्ने प्रयास भइरहेको र इन्सपेक्टर राजेश सिग्देलको टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवक पहिरोमा पुरिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology