Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वृद्धि हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधा

वृद्धि हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०८० बुधवार • १८:४४:१० बजे
  • 655
    SHARES
  • वृद्धि हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधा

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्न लागिएको हो ।

    images

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएकाले वैदेशिक रोजगार बोर्डले वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए ।

    बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु¥याउने तयारी रहेको बताए ।

    उनले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रावृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने बताए । उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # पाउने सेवा सुविधा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology