Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खुल्यो बेनी–जोमसोम सडक

खुल्यो बेनी–जोमसोम सडक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०८० बुधवार • १९:४४:०७ बजे
  • 406
    SHARES
  • खुल्यो बेनी–जोमसोम सडक

    मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ ।

    images

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक बुधबार दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

    आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए ।

    सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारीसाधन बैसरी र म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका सवारीसाधन राहुपारे खण्डमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए ।

    मुस्ताङ जान र फर्किएका तिर्थयात्री, पर्यटक र स्थानीयवासी सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए । बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ । गत वर्षदेखि सुरु भएको पहिरो विस्तार हुनेक्रम जारी छ ।

    भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology