Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा बुधबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरको गैडाकोटका मात्रै २८ जना

गण्डकी प्रदेशमा बुधबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरको गैडाकोटका मात्रै २८ जना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७७ बुधवार • १२:१९:२० बजे
  • 1.3K
    SHARES
  • गण्डकी प्रदेशमा बुधबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरको गैडाकोटका मात्रै २८ जना
    कास्कीमा थप एक जना सहित गण्डकी प्रदेशमा बुधबार थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २ का एकजना र संक्रमण पुष्टि हुनेमा नवलपुरको गैडाकोटका मात्रै २८ जना छन् ।

    गैडाकोट वडा नम्बर २ मा १४ जना संक्रमित थपिएका छन् । वडा नम्बर १ मा तीनजना, १३ र १४ मा एक–एक जना र वडा नम्बर ४ का तीनजना छन् ।

    गोखराको आरुघाट वडा नम्बर ९ का एकजना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार बुधबार थपिएका सहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६३ पुगेको छ । प्रदेशमा अहिलेसम्म कोरोना दुई हजार सात सय ३५ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमित भने एक हजार ९५ जना रहेको निर्देशनालयले जनाएको छ । 

    प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७२ जनाको पिसिआर विधिबाट नमुना परीक्षण भएको छ । कोरोना संक्रमणका कारण यस प्रदेशमा अहिलेसम्म ३३ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology