Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध

कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८० शुक्रवार • १२:४६:०४ बजे
  • 322
    SHARES
  • कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध

    राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ ।

    images

    आयोजनाको बागलुङ खण्डमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो ।

    अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन । सडक खुलाउन बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ चल्ने यातायात ठप्प भएका छन् । दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् ।

    यस खण्डमा वर्षा हुँदासाथ पहिरो झरी रहँदा दक्षिण भेगमा हजारौँ यात्रु मर्कामा पर्दै आएका छन् । पहिरोको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीयवासीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरी रहेका छन् । अप्ठ्यारो भूगोल हुँदा समस्या समाधानमा निकै कठिनाइ भएको छ ।

  • सम्बन्धित विषय:

  • # १७ घण्टादेखि अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology