Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार

मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८० शुक्रवार • १२:४९:४० बजे
  • 370
    SHARES
  • मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार

    दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन इन्डियाको संयुक्त प्रयासमा नयाँ दिल्ली रेलवे स्टेसनबाट उद्धार गरिएको छ ।

    images

    किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार एक जना व्यक्तिले राम्रो काम लगाइदिने र फिल्ममा समेत काम दिने लालच दिएर उक्त बालिकालाई रेल मार्फत बोलाएको हुनाले उनी घरमा कसैलाई नभनी घरबाट हिँडेको थिइन् । मुम्बई जान हिँडेकी उनलाई मुम्बईमा कुन ठाउँ जाने भन्ने समेत जानकारी थिएन ।

    उनलाई सम्पर्क गरेको एउटा मोबाइल नम्बर थियो तर अहिले उक्त नम्बर बन्द छ । बालिकालाई अहिले नेपाली राजदूतावास नयाँ दिल्लीको समन्वयमा सीडब्लुसी मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श गरिँदै छ भने कानुनी प्रक्रिया पूरा गरी स्वदेशफीर्ति गराइने किन इन्डियाका नेपाल संयोजक तथा अधिकारकर्मी ईन्द्रराज भट्टराईले जानकारी गराएका छन्।

    यसै गरी उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घर परिवारको जानकारी बिना कहीँ कतै नजान महिला तथा बालबालिका अनुरोध समेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नयाँ दिल्लीबाट उद्धार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology