Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८० शनिवार • १२:४२:३९ बजे
  • 373
    SHARES
  • स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

    सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

    बा१२प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको ६ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो ।

    प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # स्रोत नखुलेको ८ लाख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology