Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१३४ केजी गाँजासहित २ जना पक्राउ

१३४ केजी गाँजासहित २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८० शनिवार • १४:२९:३२ बजे
  • 634
    SHARES
  • १३४ केजी गाँजासहित २ जना पक्राउ

    सिन्धुलीमा गाँजासहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमानले शनिबार १३४ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा गाडी चालक रौतहट राजदेवी नगरपालिका ७ बस्ने २२ को विकासप्रसाद यादव र सोही गाडीका यात्रु रौतहट गौरनगरपालिका ५ बस्ने २४ वर्षीय अभयकुमार गुप्ता रहेका छन् ।

    चेकजाँचको क्रममा काठ्माण्डौंबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको विआर ०६ पिए ६१६४ नम्बरको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा र बोलेरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # २ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology