Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सञ्चालनमा आयो कुलेखानी–सिस्नेरी सडक

सञ्चालनमा आयो कुलेखानी–सिस्नेरी सडक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०८० सोमवार • ११:४९:५८ बजे
  • 445
    SHARES
  • सञ्चालनमा आयो कुलेखानी–सिस्नेरी सडक

    पहिरो पन्छाएसँगै हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भिमफेदी कुलेखानी सिस्नेरी सडक सञ्चालनमा आएको छ ।

    images

    आइतबारदेखि बन्द रहेको उक्त सडक पहिरो पन्छाएर सोमबार बिहान १० बजेबाट सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको थियो ।

    वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त पहिरो सोमबार बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए ।

    पहिरो ठुलो नभए पनि वर्षा भइरहेकाले आइतबार दिनभर पहिरो पन्छाउन समस्या भएको थियो । सोमबार वर्षा रोकिएसँगै सडक डिभिजन कार्यालय हेटौँडासँगको समन्वयमा जेसिभी प्रयोग गरी पहिरो पन्छाइएको थियो । सडक सञ्चालन भएसँगै हेटौँडा काठमाडौँ आवतजावत खुल्ला भएको छ ।

    पहिरोका कारण रोकिएका सवारी साधनहरू गन्तव्य तर्फ प्रस्थान गरेको प्रवक्ता कार्कीले बताए । यता पहिरो खसेर बन्द भएको कान्ति लोकपथ भने सञ्चालन आउन सकेको छैन ।

    कान्ति लोकपथ अन्तर्गतमा आइतबार बिहान बागमती गाउँपालिका–३ टाकुर्चेमा खसेको पहिरो साँझ नै पन्छाइएको थियो भने पाङ्दुर खोलामा पहिरो हटाउन सकिएको थिएन । सो स्थानमा अहिले पनि वर्षा रोकिएको र पहिरो पन्छाउने काम भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सिस्नेरी सडक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology