Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु

छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०८० आइतवार • १४:०८:०० बजे
  • 565
    SHARES
  • छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु

    कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    धनगढी उपमहानगरपालिका– १२ सीगाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ । शनिबार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घर नजिकैको समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । दुुवै घटनाबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुुई जनाको मृत्युु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology