Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०८० आइतवार • १४:४१:०७ बजे
  • 415
    SHARES
  • रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

    रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् ।

    मोटरसाइकल चढेर टिमुरेबाट कठमाडौँतर्फ आउँदै गरेका सुदिप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।

    स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको थियो । सुदिप शेर्पाले सो सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए । सुपिदको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए ।

    सुन र आरोपीतहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनसहित दुईजना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology