Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२४ घण्टामा सवारी दुर्घटनामा सात जनाको मृत्यु

२४ घण्टामा सवारी दुर्घटनामा सात जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०८० सोमवार • १०:०२:२६ बजे
  • 484
    SHARES
  • २४ घण्टामा सवारी दुर्घटनामा सात जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौँ, कास्की,महोत्तरी, सुनसरी र पर्सामा भएका दुर्घटनामा मानिसले ज्यान गुमाएका हुन् ।

    images

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित सडकमा ना.५ ख ५०९२ नम्बरको बसले बाग्मती प्रदेश-०२-०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय राम कुमार भारती र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा रहेका छ्न । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कास्कीको रुपा गाउँपालिका-६ निगालझाँप्रास्थित सडकमा प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाउँपालिका-६ बस्ने २९ वर्षीय कृष्ण गुरुङ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय अशोक गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यता सुनसरीको इटहरी उपमहानगरपालिका-१२ रिलायसस्थित सडकमा को.२४ प ७३८९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय नेत्र अधिकारीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित सडकमा हाल नम्बर नखुलेको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । पर्साको ठोरी गाउँपालिका-३ रामनगरस्थित सडकमा बा.८८ प ७४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका-२२ बस्ने ३५ वर्षीय दिपेन्द्र मुखिया बिनको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्ज तराई अस्पताल हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । अर्का १ जना घाइतेको वीरगञ्ज तराई अस्पतालमा उपचार भइरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology