पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ९८ जनाको ज्यान गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।