Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु,सातै जनाको सनाखत

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु,सातै जनाको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०८० बिहिवार • १०:३६:५३ बजे
  • 1.2K
    SHARES
  • चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु,सातै जनाको सनाखत

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    images

    काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

    ज्यान गुमाएका सातै जनाको सनाखत

     बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका सातै जनाको सनाखत भएको छ ।  काठमाडौँबाट भारतको मोतिहारी तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ख ७९९४ नम्बरको बस सडकबाट दायाँतर्फ करिब १५ मिटर तल खहरेमा खसेको थियो । बसमा २६ जना सवारमध्ये ७ जनाको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरी जनाएको छ । 


    २ः१० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ पूर्व पश्चिम राजमार्ग सडक खण्डको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् । 

    घाइतेहरूको हेटौँडाको चुरेहिल अस्पताल हेटौँडा, सन्चो अस्पताल हेटौँडा, सरकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । उनका अनुसार भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुरबेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुरबेदी, वर्ष ९ की क्रितिका चतुरबेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेस चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्बिदा चतुरबेदी, वर्ष ५४ को राम कुमार चतुरबेदी, वर्ष ७३ को राम प्रसाद पि, महोत्तरी लोहारपति–५ बस्ने वर्ष २६ को जसबेन्दर पासवान, नेपालको धनुषा मौवा गाउँपालिका-१८ जनकपुर बस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिका बस्ने वर्ष ३८ को बिहारी मुखिया घाइते भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology