Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द

समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०८० बिहिवार • १२:५२:१८ बजे
  • 991
    SHARES
  • समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द

    अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ । अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएको छैन ।

    images

    यसको अर्थ उनको भिसा रद्द भएको पुष्टि हुन्छ । होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब–क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो । उनको भिसा रद्द किन भयो ? यसको कारण भने अलग छ । गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन् । त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर–टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन् ।

    त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन् । यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर-टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् । यो बेलामा पनि समीक्षाको उमेर १८ वर्ष पुगेको थिएन । यो बेलामा केयर-टेकरको भिसा लागेन ।

    साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ । उनको भिसा के कारणले रद्द भएको खुलेको छैन तर रजिस्टर माइग्रेसन एजेन्टका अनुसार यस्ता भिसा रद्द हुनुका केही कारण छन् । ब्रिसबेनस्थित रजिस्टर माइग्रेन एजेन्ट नारायण कोइरालाले मापदण्ड पूरा नगरेको बेला यस्ता भिसा रद्द भएको हुन सक्ने बताए । यस्तो व्यक्तिले पुनः अप्लाई गर्दा तीन वर्षसम्म रोक लाग्न सक्ने उनको भनाइ छ ।

    तीज पर्वको छेकोमा अष्ट्रेलियामा आयोजना गर्न लागिएको १३ वटा इभेन्टका लागि समीक्षा अष्ट्रेलिया जाने तयारीमा थिइन् । समीक्षाको भिसा अहिले पनि पेन्डिङमा रहेको र होम अफेयर्सले थप कागजात मागेको भन्ने बुझिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology