Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ

ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०८० बिहिवार • १८:४२:२७ बजे
  • 451
    SHARES
  • ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ

    ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादव रहेका छन् । उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको उजुरी परेको थियो ।

    उनीहरुले पीडित महिलाहरुलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

    यसबारे अनुसन्धानका क्रममा ब्युरोको टोलीले ललितपुरको कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

    ब्युरोका अनुसार अभियुक्तहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ । यस्तै १८३ थान सिमकार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामाम बरामद गरेको छ ।

  • सम्बन्धित विषय:

  • # दुई जनालाई पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology