Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८० शनिवार • १०:४६:०६ बजे
  • 307
    SHARES
  • बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

    बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र स्पर बाढीले बगाएपछि बेल्ही गाउँ असुरक्षित भएको हो ।  सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पु¥याएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले नौ सय मिटर जतिको तटबन्ध लगाएको थियो । तर बिहीबार रातिको बाढीले ५० प्रतिशत तटबन्ध बगाएको वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले बताए । 

    images

    तटबन्ध बगाएर बेल्ही नयाँ टोलका १५ घरपरिवार जोखिममा परेका छन् भने मोती गुप्ता, भुटाइ गुप्ता, गङ्गाराम यादव, सजन यादव, बैजनाथ यादव, मुस्तकिम मियाँ घरमा पानी पसेको छ । अहिले पानीको स्तर कम भए पनि जोखिम कायमै रहेको वडाध्यक्ष झाले जानकारी दिए । उनले भने, “बाढीले तटबन्ध भत्किदाँ किसानले लगाएको धानबालीमा व्यापक क्षति भएको छ ।” स्थानीयवासीले जिल्लाबाट आएका प्रशासनका टोली र बलान बिहुल गाउँपालिकाले भत्किएको बाँध बनाई बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन् ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले बनाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको स्थानीय महेन्द्र यादवले गुनासो गरे । “यस्तो बाढीले बगाउने तटबन्ध कस्तो होला । सबै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरिएको छ”, उनले भने । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित भएको स्थानीय विश्वनाथ यादवले बताए ।

    उनका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको छ । ‘गुणस्तरीय बाँध निर्माण नहुँदा बाँध भत्किएको हो । लगातारको वर्षाले बलान नदीमा आएको बाढीले बलान बिहुल गाउँपालिका–१ मल्हनियाँ–२ दिघिया–३ दुधैला–४ बेल्हीमा बाढीको पानी पसेको गाउँपालिकाले जनाएको छ । कटान नियन्त्रणका लागि चारवटै वडामा जेसिभी तयारी अवस्थामा राखिएको र बाढीबाट हुने असरलाई कम गर्न जनचेतनामूलक सन्देश माइकिङमार्फत भइरहेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । बाँध भत्किएसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

    निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए । टोलीमा उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख रमणकुमार साहलगायतको उपस्थिति थियो । प्रत्येक वर्ष आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान भूमिहीन बन्दै गएको छ । बलान नदीमा स्थायी तटबन्ध नबन्दा घरबस्ती सार्दासार्दै स्थानीयवासी हैरान भएका छन् ।

  • सम्बन्धित विषय:

  • # बेल्ही गाउँ असुरक्षित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology